प्रिमियर लिग: साउथ ह्याम्टनविरुद्ध सिटीको पुनरामगन जित

तस्बिरः एजेन्सी

प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले पुनरामगन जित हात पारेको छ ।

शनिबार राति घरेलु मैदान ईतिहाद स्टेडियममा सिटीले साउथ ह्याम्टनलाई २–१ गोल अन्तरले हराएको हो । सिटीका जितमा सर्जियो अग्युरो र वाल्कर क्रसले समान एक एक गोल गरे । यता साउथ ह्याम्टनका लागि जेम्स वार्डले गोल गरे ।

खेलमा अग्रता पाहुना टोली साउथ ह्याम्टनले १३ औं मिनेटमा वार्डको गोलबाट लिएको थियो । पहिलो हाफ एक गोलले अगाडी रहेको साउथह्याम्टनले दोस्रो हनफमा दुई गोल खायो ।

अग्युरोले ७० औ मिनेटमा बराबरी गोल गरेका थिए । वाल्कर क्रसलाई सदुपयोग गर्दै अग्युरोले गोल गरेका हुन् ।

खेल सकिन चार मिनेट बाँकी छदाँ वाल्करले गोल गर्दै सिटीलाई घरेलु मैदानमा उत्कृष्ट पुनरागमन जित दिलाए ।

जितपछि सिटीले शीर्ष स्थानको लिभरपुलमाथि दबाब कायमै राखेको छ । सिटीको ११ खेलबाट २५ अंक छ । साउथ ह्याम्टन ८ अंक सहित रेलिगेशन जोनमा छ ।

प्रकाशित मिति: : 2019-11-03 06:13:01

प्रतिकृया दिनुहोस्