स्पेनिस लिग: बार्सिलोनाको अर्काे लज्जास्पद हार

तस्बिरः एजेन्सी

स्पेनिस लिगमा बार्सिलोनाले अर्काे लज्जास्पद हार व्यहोरेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेसँग ३–१ को हार व्यहोरेको हो ।लेभान्टेको जितमा जोस कम्पाना,निमन्जा राडोजा र बेरजा मेयरालले समान एक एक गोल गरे ।

बार्सिलोनको लागि एक मात्रै गोल लिओनल मेसीले गरे ।

खेलमा अग्रता भने बार्सिलोनाले ३८ औं मिनेटमा मेसीको पेनाल्टीमा गोलबाट लिएको थियो ।

तर ६१ औ मिनेटमा कम्पानाले गोल गर्दै लेभान्टेलाई खेलमा फर्काएका थिए ।

मेयरालले ६३ औ मिनेटमा गोल गर्दै लेभान्टेलाई अघि बढाए ।

६८ औ मिनेटमा राडोजाले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे ।

जित सहित लेभान्टे १२ खेलबाट १७ अंक सहित तालिकाको आठौं स्थानमा उक्लिएको छ । शीर्ष स्थानको बार्सिलोनाको २२ अंक छ ।

प्रकाशित मिति: : 2019-11-02 22:57:47

प्रतिकृया दिनुहोस्