विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदान (एमसिजी) लाई मानिन्छ। मेलबर्न शहरमा अवस्थित यो रंगशालाको दर्शक क्षमता मात्र १ लाख २४ छ। यो मैदानमा दुई वटा ओलम्पिक र विश्व कप (१९९२ र २०१५) क्रिकेटको फाइनल सम्पन्न भइसकेको छ।
तर, एमसिजीको यो कीर्तिमानलाई आफ्नो नाममा दर्ता गराउने अभियानमा छ, भारतको गुजराज राज्यको राजधानी अहमदाबादमा रहेको मोटेरा रंगशाला।
भारतको मोटेरा रंगशाला विश्वको सबैभन्दा बढी दर्शक क्षमता भएको क्रिकेट मैदानको रुपमा रुपान्तरण भएको छ। यहाँ पहिलेदेखि नै क्रिकेट खेलहरू हुन्थ्यो। तर, यसलाई भारतको पहिलो गृह मन्त्री सरदार बल्लवभाई पटेलको नाममा सरदार पटेल रंगशालामा रुपान्तरण गरेपछि यसको स्वरुप नै बदलिएको छ।
सरकारले मोटेरा रंगशालालाई थप व्यवस्थित गर्ने क्रममा पुरानो संरचना बिगारेर नयाँ बनाएको छ। रंगशालाको सम्पूर्ण काम दुई महिनाभित्र फत्ते हुने जनाइएको छ। यहाँ अहिले एमसिजीभन्दा बढी सिट १ लाख १० हजार जडान गर्ने कार्य तिब्रताका साथ भइरहेको छ।
भारतीय अधिकारीका अनुसार मोटेरा रंगशाला २०२० को जनवरीमा पूर्णरुपमा तयार भइसक्ने छ। यो रंगशाला ६३ एकडमा फैलिएको छ। यसको नयाँ रुपरेखा एमसिजी मैदानको डिजाइन गर्ने आर्किटेक्ट कम्पनीले नै गरेको छ।