आइसिसीले भन्यो–इंग्ल्यान्डमा हालै सम्पन्न विश्व कप क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक दर्शक

बिएल

इंग्ल्यान्डमा हालै सम्पन्न एकदिवसीय विश्व कप सबैभन्दा बढी दर्शकहरूले हेर्ने विश्व कप बन्न पुगेको छ।

यसपालिको विश्व कपलाई १ करोड ६० लाख दर्शकले प्रत्यक्ष हेरे। सन् २०१५ को तुलनामा यसपालि ३८ प्रतिशतले दर्शक संख्या बढेको हो। गत विश्व कपमा १ करोड १६ लाखले खेल अवलोकन गरेका थिए। 

एक उपसचिवको कथाः पिएचडीको सर्टिफिकेट बोकेर वृद्धाश्रममा (भिडियो सहित)

टेलिभिजनबाट यसपालिको विश्व कप हेर्ने संख्या ७० करोड ६ लाख पुगेको छ। आइसिसीले विज्ञप्तीमा भनेको छ,‘विश्वस्तरमा सबैभन्दा बढी हेरिएको खेल भारतविरूद्ध पाकिस्तान हो। दुई देशबीचको खेल २७ करोड ३ लाख दर्शकले हेरेका थिए। यतिबेला मानिसहरूले ५ करोड डिजिटल प्लेटफर्म प्रयोग गरेका थिए।’

आइसिसीले भारत र न्युजिल्यान्डबीच भएको सेमिफाइनल २ करोड ५३ लाख व्यक्तिले हटस्टारबाट हेरेको बताएको छ। डिजिटल प्लेटफर्ममा यो कीर्तिमान हो। २० हजार बढी घण्टा लाइभ, रेकर्डिङ र हाइलाइटमार्फत हेरिएको यो विश्व कप आइसिसीको अहिलेसम्मकै ठूलो प्रतियोगिता प्रमाणित भएको छ। २५ वटा प्रशारण संस्था समावेश भएको यसपालिको विश्व कपलाई २ सय देशमा लाइभ देखाइएको थियो।

 

प्रकाशित मिति: : 2019-09-17 22:08:36

प्रतिकृया दिनुहोस्