ईपीएल क्रिकेट डी स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने

तस्बिरः एजेन्सी

आगामी फागुनमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमिएर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको स्पोर्ट्स च्यानल डी स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने भएको छ।

चौथो संस्करणको ईपीएल क्रिकेट फागुन तेस्रो साताबाट सुरु हुनेछ।

१३ दिन चल्ने ईपीएल फागुन १७ देखि चैत १ गते सम्म सञ्चालन हुनेछ।

ईपीएलले मंगलबार डी स्पोर्ट्ससँग ब्रोडकाष्टिङ पार्टनरको रुपमा सम्झौता गरेको हो।

आयोजकले यस पटकको लिगका लागि फ्रेन्चाइज टिमले आइकोनिक खेलाडीमा टेष्ट राष्ट्रका खेलाडी अनिवार्य राख्नु पर्ने नियम बनाएको छ ।

गत संस्करणको उपाधि ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ज्ञानेन्द्र मल्लको टिम ललितपुर प्याट्रीयट्सले जितेको थियो ।

प्रकाशित मिति: : 2019-09-17 15:38:07

प्रतिकृया दिनुहोस्