वर्षाका कारण भारत र दक्षिण अफ्रिकाको पहिलो टी–२० खेल रद्द

वर्षाका कारण पिच ढाकिएको अवस्थामा धर्मशाला रंगशाला । तस्बिर : ICC

काठमाडौं । भारत र दक्षिण अफ्रिकाको पहिलो टी–२० खेल वर्षाका कारण रद्द भएको छ। भारतको हिमाञ्चल धर्मशाला रंगशालामा निरन्तर वर्षा भएपछि टससमेत हुन नसकेपछि खेल रद्ध भएको हो।

दक्षिण अफ्रिकी टोली ३ खेलको टी–२० सिरिज एक अभ्यास खेल र ३ खेलको टेस्ट रिसिज खेल्न भारत भ्रमणमा रहेको छ। दोस्रो टी–२० खेल पञ्जावको मोहली क्रिकेट मैदानमा बुधबारका लागि तय गरिएको छ। २२ सेप्टेम्बरमा बैंग्लोरमा तेस्रो टी–२० हुनेछ।

पहिलो टेस्ट (विसाखापाटनम) २ अक्टुबरमा , दोस्रो टेस्ट (पुने) १० अक्टुबरमा र तेस्रो टेस्ट (राँची) १९ अक्टुबरमा सुरु हुनेछ।

यसबीचमा भारतको बोर्ड प्रेसिडेन्ड ११ टोली र दक्षिण अफ्रिकी टोलीबीच एक अभ्यास टेस्ट खेल २६ सेप्टेम्बर देखि २८ सेप्टेम्बरसम्म हुनेछ।

प्रकाशित मिति: : 2019-09-16 11:23:39

प्रतिकृया दिनुहोस्