अन्तर्राष्ट्रिय पारालम्पिक कमिटीका अध्यक्ष नेपालमा

बिएल

अन्तर्राष्ट्रिय पारालम्पिक कमिटीका अध्यक्ष एन्ड्रयु पर्सन नेपाल आएका छन्। उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन्। नेपाल पारालम्पिक कमिटीका अध्यक्ष राधा घलेलगायत कार्यसमितिका पदाधिकारीले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरेका थिए। ब्राजिलका एन्ड्रयु एसियाको भ्रमण गर्नेेक्रममा जापान हुँदै काठमाडौं आइपुगेका हुन्।

दक्षिण एसियाकै पहिलो महिला टेम्पो ड्राईभर, जो अहिले मुलुककै सफल व्यवसायी भइन् (भिडियोसहित)

उनी काठमाडौंबाट भुटान जाने कार्यक्रम रहेको नेपाल पारालम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ सिवाकोटीले बताए। नेपालमा पारा खेलकुद र खेलाडीको अवस्था बुझ्ने उद्देश्यले उनी काठमाडौं आएका हुन्।

नेपालले जापानमा हुने पारालम्पिकमा गरेको तयारीको विषयमा छलफल हुने बताइएको छ। नेपाल पारालम्पिक कमिटीको बोर्ड बैठकलाई समेत एन्ड्रयुले सम्बोधन गर्ने कार्यक्रम रहेको पारालम्पिक कमिटीका राष्ट्रिय पारा पावरलिफ्टिङ संघका अध्यक्ष टेकबहादुर गुरुङले बताए। २०१७ मा एन्ड्रयु पारालम्पिक कमिटीको अध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2019-09-14 14:33:54

प्रतिकृया दिनुहोस्