प्रिन्सको अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो जित

बिएल

नेपालका उदियमान ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल दुबईमा जारी दुवई जुनियर इन्टरनेशनल सिरिज २०१९ मा बिहीबार पुरुष एकल र मिश्रीत जोडी दुबैतर्फ जित निकाल्न सफल भएका छन्।

अघिल्लो संस्करणका विजेता प्रिन्सले यु–१९ को एकल खेलको दोश्रो चरणमा दुबईका भर्नूकार्तिक भारथी मोहनलाई पराजित गरेका हुन्। दोश्रो बरियतामा रहेका प्रिन्सले पहिलो चरणमा वाई पाउँदै दोश्रो चरण प्रवेश गरेका थिए। प्रिन्सले बिना बरियताका मोहनलाई २१–८, २१–१५ ले पराजित गरेका हुन्। अव उनले तेश्रो चरणमा दुबईका कृष्णकुमार कौशिकसँग प्रतिस्पर्धा गर्नेछन्।

दाहाल मिश्रित जोडीमा पनि बिजयी हुदै अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन्। दाहालले दुबईमानै बसोबास गर्दै आइरहेकी नेपाल महेन्द्रनगरकी सानिया चन्दसँग मिलेर दुबईका नभान नजीव र कारोलिन कोल्कुहोओनलाई २१–१४, २१–१७ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन्।

 

प्रकाशित मिति: : 2019-09-12 21:21:33

प्रतिकृया दिनुहोस्