सन्दीपले पुनः मेलवर्नबाट 'बिग बास' लिग खेल्ने

तस्बिरः बिएल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने पुनः मेलवर्न स्टार्सबाट अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) क्रिकेट खेल्ने भएका छन्।

गत सिजन उत्कृष्ट प्रदर्शन गरेका सन्दीपलाई मेलवर्नले आगामी सिजनको लागि पुनः अनुबन्ध गर्ने भएको हो ।

यद्दपी सन्दीप र मेलवर्नबीच औपचारिक सम्झौता भइसकेको छैन। तर, नयाँ सम्झौताको प्रारम्भिक प्रकिया अघि बढिसकेको सन्दीपका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए।

सबै कुरा मिलिसकेको भन्दै सन्दीप र क्लबले केही समयमै आधिकारिक सम्झौता गर्ने उनले जानकारी दिए। यद्यपी उनले सम्झौता नभएसम्म भन्न नसकिने जानकारी दिए।

यसैबीच मेलवर्नका प्रशिक्षक डेभिड हस्सीले यो सिजन सन्दीप क्लबमै रहने बताइसकेका छन्।

अष्ट्रेलियाको सञ्चारमाध्यम कुरा गर्दै उनले अघिल्लो वर्ष सन्दीपले अद्भुत प्रदर्शन गरेको भन्दै उनले सन्दीपसँग ओपनिङ, मिडल र डेथ ओभर जुनै समय पनि बलिङ गर्ने क्षमता रहेकाले यो पटक उनी क्लबमै रहेको बताएका हुन्।

सोही समयमा बंगलादेश प्रिमियर लिग पर्ने भएकाले समय मिलाएर मात्र सन्दीपले मेलवर्नसँग सम्झौता गर्ने भएका छन्।

गत सिजन बीबीएलमा मेलवर्नबाट डेब्यू गरेका सन्दीपले ८ खेलबाट ११ विकेट लिएका थिए।

गत सिजनको फाइनसिस्ट मेलवर्न फाइनलमा मेलवर्न रेनेगेड्ससँग पराजित भएको थियो।

आगामी संस्करणको विग ब्यास डिसेम्बर १७ देखि २०२० को फेब्रुअरी ८ सम्म अष्ट्रेलियाको विभिन्न सहरमा हुनेछ । विग ब्यासमा ८ टोलीले होम अवे खेल्नेछन् ।

प्रकाशित मिति: : 2019-09-12 15:14:30

प्रतिकृया दिनुहोस्