क्रिस गेलको शतक बाबजुद क्यारेबियन प्रिमीयर लिग अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा जमैका तल्लावाहलाई सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सले ४ विकेटले हराएको छ।
हाइस्कोरिङ खेलमा जमैकाले दिएको २४२ रनको विशाल लक्ष्य सेन्ट किट्सले १८.५ ओभरमा पुरा गर्दै उत्कृष्ट जित निकाल्यो।
तेश्रो खेल खेल्दा सेन्ट किट्सको यो पहिलो जित हो भने जमैकाले खेलेको दुवै खेलमा हार बेहोरेको छ।
The Play of the day goes to Chris Gayle for his classic century! What a performance #CPL19 #Biggestpartyinsport #Playoftheday pic.twitter.com/Yty6mvNZJp
— CPL T20 (@CPL) September 11, 2019
सेन्ट किट्सको घरेलु मैदानमा जमैकाले क्रिस गेलको २२ औं टी-२० शतक पुरा गर्ने क्रममा विस्फोटक ११६ रन र चण्डिक वाल्टनको ७३ रनको मद्दतमा ४ विकेट गुमाएर २४१ रन बनाएको थियो।
गेल र वाल्टनले दोस्रो विकेटको लागि मात्र ७८ बलमा १६२ रनको साझेदारी गरेका थिए। गेलले ६२ बलमा ७ चौका र १० छक्का तथा वाल्टनले ३६ बलमा ३ चौका र ८ छक्का प्रहार गरे।
बलिंगतर्फ प्यट्रियट्सका अल्जारी जोसेफले समान २/२ विकेट लिए।
जवाफमा उत्कृष्ट ओपनिङ साझेदारीले प्रेरित पेट्रिएट्सले मात्र १८.५ ओभरमै ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
ओपनर डेभोन थोमसले सर्वाधिक ७१ र एभिन लुइसले ५३ रन बनाउदै जितको आधार तयार गरे। दुवैले पहिलो विकेटको लागि ५.३ ओभरमा ८५ रनको साझेदारी गरे। थोमसले ४० बलमा ८ चौका र ३ छक्का तथा लुइसले १८ बलमा ३ चौका र ६ छक्का प्रहार गरे। थोमसले १७ बलमा अर्धशतक पुरा गर्दै क्यारेबियन प्रिमियर लिगको छिटो शतक प्रहार गर्ने रेकर्ड समेत बनाए।
थोमसले दोश्रो विकेटको लागि लौरी इभान्ससंग ७६ रनको साझेदारी गरे। इभान्सले २० बलमा ४ चक्का र २ चौका प्रहार गरे।
ओसेन थोमसले १४ औं ओभरमा कार्लोस ब्राथवेट र जेसन मोहम्मदलाई आउट गर्दै खेलमा जमैकालाई फर्काउने प्रयास गरेका थिए। तर फाबीयन एलेन र शम्राह ब्रुक्सले आक्रामक ब्याटिंग गर्दै टिमलाई जित दिलाए।
ब्रुक्सले १५ बलमा २७ तथा एलेनले अविजित ३७ रन बनाउन १५ बलमा २ छक्का र ५ चौका मदतले ३७ रन बनाए। फलस्वरूप ७ बल बाँकी छदै सेन्ट किट्सले खेल जित्यो।
जमैकाको लागि ओशेन थोमसले ४ तथा आन्द्रे रसेलले २ विकेट लिए।