महरा प्रहरी वृत्त सिंहदरबारको हिरासतमा

तस्बीरः अनलाईनखबर

बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई महानगरीय प्रहरी वृत्त सिहदरबारमा राखिएको छ। 

जबर्जस्ति करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट आईतबार पक्राउ पुर्जी जारी भएपछि प्रहरीले महरालाई केही समय अघि सरकारी निवास बालुवाटारबाट पक्राउ गरेको थियो।
महरालाई पक्राउ गर्न महानगरीय प्रहरी बृत्त बानेश्वरको टोली बालुवाटार पुगेको थियो। 

बलात्कारको आरोप लागेका पूर्वसमाभुख महरा पक्राउ

संसद सचिवालयमा कार्यरत रोशनी शाहीले आफुलाई बलात्कार गरेको आरोप लगाएपछि नैतिकताको कारण देखाउदै महराले पदबाट राजिनामा दिएका थिए।

पिडित महिलाले महराविरुद्ध गत शुक्रबार महानगरीय प्रहरी बृत्त बानेश्वरमा किटानी जाहेरी दर्ता गरेकी थिइन्।

महरालाई प्रहरीले आइतबार सरकारी निवास बालुवाटार पुगेर पक्राउ गरेको हो। 

कृष्णबहादुर महराविरुद्ध पक्राउ पुर्जी जारी

महरालाई पक्राउ गर्न आईतबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि प्रहरी सभामुख निवास पुगेको थियो।

उनीविरुद्ध शुक्रबार रोशनी राहीले महानगरीय प्रहरी प्रभाव तीनकुनेमा महराविरुद्ध उजुरी दर्ता गरेकी थिइन। शनिवार अदालत सार्वजनिक विदा भएका कारण कारवाही अगाडि बढ्न सकेको थिएन। आइतबार अदालत खुल्नासाथ प्रहरीले महरालाई पक्राउ गर्न अनुमति लिएको थियो।

प्रकाशित मिति: : 2019-10-06 18:17:40

प्रतिकृया दिनुहोस्