फिफा अध्यक्षको शिरमा नेपाली ढाका टोपी

फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग एन्फा टोली । तस्बिर सौजन्य : एन्फा

विश्व फुटबल महासंघ (फिफा)को अध्यक्षमा पुन: निर्वाचित भएपछि जियानी इन्फान्टिनोको शिरमा नेपाली ढाका टोपी ढल्केको फोटो सार्वजनिक भएको छ ।  

उनको शिरमा अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली ढाका टोपी लगाइदिएका हुन् । 

 पेरिसमा आयोजित ६९ औँ फिफा कंग्रेसको सम्मेलनपछि अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएपछि बधाइ दिँने क्रममा उनको शिरमा नेपाली ढाका टोपी परेको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफाका नवनिर्वाचित अध्यक्ष इन्फान्टिनोलाई बधाइ दिँदै नेपाली ढाका टोपी लगाइदिएका हुन् ।  

कंग्रेसमा अध्यक्ष इन्फान्टिनोले आफ्नो कार्यकालमा  ११ वटा सकारात्मक कार्यक्रम भएको व्याख्या गरेका थिए । उनको ब्याख्याबाट फिफा सदस्यहरु सन्तुष्ट देखिएनन् । तर,  दोस्रो कार्यकालमा राम्रो काम गर्ने आशा गर्दै कसैले पनि उनको विरूद्ध उम्मेद्वारी दिएनन् । एकमात्र उम्मेद्वार रहेको अवस्थामा मतदान आवश्यक नरहने भनेर संशाेधन गरेर इन्फान्टिनोलाई दोस्रो कार्यकालका लागि अध्यक्ष बनाइयो ।

४९ वर्षे अधिवक्ता इन्फान्टिनोले पहिलो कार्यकालमा दिएको आश्वासन पूरा गर्न प्रयास गर्नेछन् । पहिलो कार्यकालमा फिफा सदस्यहरु नै उनको काम प्रति सन्तुष्ट देखिएका छैनन् ।

 

प्रकाशित मिति: : 2019-06-06 07:50:34

प्रतिकृया दिनुहोस्