शनिबार, १२ जुलाई २०२५

विश्व कप क्रिकेटः अफगानिस्तानले ३ विकेटले हरायो पाकिस्तानलाई

News Image
Agency
• • •

बेलायत र वेल्सको संयुक्त आयोजनामा हुन लागेको विश्व कपमा अविश्वसनीय नतिजा निस्किने सम्भावना बढेर गएको छ। 

शुक्रबार भएको ‘वार्म अप’ खेलमा अफगानिस्तानले पूर्व विश्व च्याम्पियन पाकिस्तानलाई ३ विकेटले हराउँदै सबैलाई चकित तुल्याएको छ।

बाबर आजमको सतकीय इनिङका बाबजुद पाकिस्तान यसपालिको विश्व कपमा ‘अन्डर डग’ मानिएको अफगानिस्तानसँग पराजित भयो।

पाकिस्तानले पहिलो ब्याटिङ गर्ने क्रममा ४७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर २ सय ६२ रन बनायो। प्रत्युत्तरमा अफगानिस्तानले २ बल बाँकी रहँदै ७ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो।

अफगानिस्तानको जितमा हसमततुल्लाह साहिदीले अविजित रहँदै ७४ रन बनाएका थिए। प्रारम्भिक ब्याट्सम्यान हजरतुल्लाह जाजाईले पनि ४९ रन बनाए। अर्का प्रारम्भिक ब्याट्सम्यान मोहम्मद सहजाद २३ रन बनाएर खेलिरहँदा ‘रिटायर्ड हट’ हुन पुगेका थिए।

२ वर्षपछि पाकिस्तानको एकदिवसीय टिममा फर्किएका वाहव रियाजले ३ विकेट लिए। पाकिस्तानलाई ३ सयभन्दा कम स्कोरमा रोक्न मोहम्मद नवीले ३ विकेट लिए। दौलत जार्डन र रसिद खानले २–२ विकेट लिए।

चोटबाट फर्किएका पाकिस्तानका प्रारम्भिक ब्याट्सम्यान इमाम उल–हकले ३२ रन बनाए। पहिलो विकेटको क्षतिमा क्रिज प्रवेश गरेका बाबरले १ सय १२ रन बनाए। तर, अन्य ब्याट्सम्यानले बाबरको पद्चापलाई पछ्याउन सकेनन्। मध्यक्रममा सोहेब मल्लिकले ४४ रन बनाउन बाहेक अन्य ब्याट्सम्यान फ्लप सावित भए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?