शनिबार, १२ जुलाई २०२५

मेस्सीलाई छैटौपटक गोल्डेन बुट

News Image
यो बुट समाउँदा पनि च्याम्पिन्यस लिगमा लिभरपुलसँग हारेकै सम्झिरहेको छु - मेस्सी । तस्बिर: एजेन्सी
• • •

स्पेनिस महारथि वार्सिलोनाका कप्तान लियोनल मेस्सीले यस वर्षको युरोपेली गोल्डेन बुट अवार्ड जितेका छन्। युरोपका शीर्ष लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने यो अवार्ड मेस्सीले ३६ गोल गरेर जितेका हुन्। यो उनको  लगातार तेस्रो र समग्रमा छैटौं युरोपेली गोल्डेन बुट हो।

मेस्सीले फ्रेन्च लिगमा ३३ गोल गरेका पेरिस सेन्ट जर्मन (पीएसजी) का केलियन एमबाप्पेलाई पछि पार्दै यो अवार्ड जिते। 

यसैबीच मेस्सीले आफूलाई गोल्डेन बुटको खुशीभन्दा च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग हारेको पीडाले सताइरहेको बताएका छन्। उनले शनिबार भ्यालेन्सियासँग हुने कोपा डेल रेको फाइनल जितेर त्यो हारको घाउमा मल्हहम लगाउन चाहेको बताए। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?