बार्सा कप्तान मेस्सीविरूद्ध प्रतिबन्धको माग गर्दै हस्ताक्षर संकलन अभियान चलाइएको छ
लिभरपुलका समर्थकहरूले सञ्चालन गरेको हस्ताक्षर अभियानमा अहिलेसम्म १० हजार हस्ताक्षर संकलन भैसकेको छ।
उनीहरूले च्याम्पियन्स लिगअन्तर्गत बुधबार बार्सिलोना र लिभरपुलबीच हुने सेमिफाइनलको दोस्रो लेगमा मेस्सीलाई प्रतिबन्ध लगाउन माग गरेका हुन्।
गएको सिजनमा च्याम्पियन्स लिग फाइनल खेलेको लिभरपुलका लागि यसपटक मेस्सीको बार्सासँगको सेमिफाइनल नै भारी भएको छ। पहिलो लेगमा ३ ० ले पछि परेको लिभरपुलका समर्थकहरू दोस्रो लेगमा मेस्सीलाई मैदान बाहिर बनाउन सकियो भने अगाडि बढ्न सकिन्छ कि भन्ने झिनो आशा राख्छन्। यही आशालाई जिवित राख्न पनि उनीहरू यो अभियान चलाइरहेका छन्।
उनीहरूले गत बुधबार राति भएको पहिलो लेगमा मेस्सीले फाविनोमाथि मुक्का प्रहार गरेको आरोप लगाउँदै मेस्सीमाथि प्रतिबन्धको माग गरेका हुन् ।