मेस्सी स्पेनको प्रतिष्ठित अवार्डबाट सम्मानित

तस्बिरः एजेन्सी

 

 

बार्सिलोनाका कप्तान लियोनल मेसीलाई स्पेनको क्याटलोनियाले सरकारले प्रतिष्ठित 'सेन्ट जर्ज क्रस' अवार्डबाट सम्मान गरेको छ।

क्याटलोनिया क्षेत्रको परिचय र संस्कृतिमा विशेष योगदान दिएको भन्दै मेसीलाई पहिलो पटक यो अवार्ड दिएको हो।

सन् १९८१ बाट प्रदान गरिँदै आएको यो अवार्ड स्पेनको प्रतिष्ठित अवार्डमध्येको एक हो।

अर्जेन्टिनी खेलाडी मेसीले स्पेनको बार्सिलोनाबाट खेल्दै क्याटलोनिया र बार्सिलोनाको चिनारीमा विशेष योगदान गरिएको भन्दै सरकारले अवार्डबाट सम्मानित गरेको हो।

पाँच पटक बालोन डी'ओर अवार्ड जितिसकेका मेसी आफ्नो पुस्ताकै सर्वकालीन महान खेलाडी हुन्।

सन् २००४ मा बार्सिलोनामा आबद्ध उनले बार्सिलोनाका लागि ६८१ खेलमा ५९८ गोल गरिसकेका छन्। उनले क्याम्प नाउमा ३२ मुख्य उपाधि जितेका छन्।

प्रकाशित मिति: : 2019-05-01 08:28:58

प्रतिकृया दिनुहोस्