पञ्जाबलाई हराउँदा सनराइज हैदरावादको प्ले-अफ सम्भावना बलियो

तस्बिरः एजेन्सी

किङ्स इलाभेन पञ्जाबलाई हराउँदै सनराईज हैदरावादले भारतमा जारी १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ सम्भावना बलियो बनाएको छ।

राजिब गान्धी क्रिकेट स्टेडियममा हैदरावादले दिएको २१३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि लोकेश राहुलले ७९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन्।

यस्तै पन्जाबमा मायांक अग्रवालले २७ तथा निकोलस पुरनले २१ रन बनाए। सिम्रन सिंह १६ रनमा आउट हुँदा डेभिड मिल्लर ११ रनमा आउट भए ।

हैदरावादका खलील अहमेद र  राशिद खानले ३/३ विकेट लिए । सन्दीप शर्माले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन बनाएको थियो ।

हैदरावादका लागि डेभिड वार्नरले सर्वाधिक ८१ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै मनिष पाण्डेले ३६, रिद्दिमान शाहले २८ तथा मोहमद नाभीले २० रन बनाएका थिए।

पन्जाबका मोहमद सामी र रविचन्द्र आश्विनले २/२ विकेट लिए।

यो जितसँगै हैदरावादले प्ले अफ पुग्ने सम्भावना बलियो पारेको छ।  राजस्थान १२ खेलबाट १२ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ ।

छैटौं स्थानमा रहेको पन्जाबले १२ खेलबाट १० अंक जोडेको छ। पञ्जावको पनि प्लेअफ पुग्ने झिनो आशा बाँकी नै छ।

प्रकाशित मिति: : 2019-04-30 00:08:54

प्रतिकृया दिनुहोस्