सन्दिपका लागि बिर्सनलायक म्याच: दिल्ली विजयी भएर पुग्यो प्ले-अफमा

नेपाली लेग स्पिनर सन्दीप लामिछानेका लागि विर्सनलायक म्याचमा उनको टिम दिल्ली क्यापिटल्स भने विजयी भएर प्लेअफमा पुगेको छ।

यो सफलता उसलाई इन्डियन प्रिमियर  लिग-आईपीएल क्रिकेटको अंकतालिका शीर्षस्थानमा फर्कदै प्लेअफ यात्रा तय गरेर प्राप्त भएको हो। 

आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई १६ रनले हरायो। पहिला ब्याटिङ गरेर एक सय ८७ रन बनाएको दिल्लीका लागि शिखर धवन ५०, श्रेयर अयरले ५२, र्फाने रुथफोर्डले २८ र अक्सर पटेलले १६ रन बनाएका थिए।

बैंगलोरलाई एकसय ८८ रनको लक्ष्य पाएकोमा उसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७१ रन मात्र जोड्यो। बैंगलोरका पार्थिव पटेलले ३९ र गुरकिरात सिंहले २७ रन बनाए पनि त्यो उनीहरूको टिमको लागि जीत निकाल्न पर्याप्त भएन। 

कागिसो राबडा र अमित मिश्राले दुई दुई विकेट हात पारे। इशान्त शर्मा,अक्सर पटेल र सर्फाने रुथफोर्डले एक एक विकेट हात पारे। तर, सन्दीपले भने तीन ओभरमा औसत १२ रनका दरले ३६ रन दिएर एक विकेट पनि लिएनन्।

यो सिजनमा छैटौपटक मैदानमा छिरेका सन्दीप पहिलोपटक विकेटविहीन बने। उनले यसअघि खेलेका पाँचवटै खेलमा कम्तिमा एक विकेट लिएका थिए।

यो जीतसँगै दिल्ली यो सिजनको आईपीएलमा १२ खेलबाट १६ अंकसहित शीर्षस्थानमा उक्लिएको छ।दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सको पनि १२ खेलबाट १६ अंक छ। यी दुई टिम प्लेअफमा पुगिसकेका छन् भने बाँकि दुई टिमको निर्णय हुन बाँकि छ।

 

प्रकाशित मिति: : 2019-04-28 23:45:33

प्रतिकृया दिनुहोस्