हैदारावादमाथि राजस्थानको शानदार जित, प्लेअफ सम्भावना जिवितै

तस्बिरः एजेन्सी

सनराइज हैदारावादलाई हराउँदै राजस्थान रोयल्सले इन्डियन्स प्रिमियर लिग (आईपिएल) मा प्लेअफ सम्भावना जिवितै राखेको छ।

शनिबार सवाई मानसिंह रंगशालमा भएको रोमाञ्चक खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै अंक तालिकामा १० अंकसहित छैठौं स्थानमा उक्लिएको छ।

हैदारावादले दिएको १६१ रनको लक्ष्य राजस्थानले ५ बल बाँकी छँदै पुरा गरेको हो।

राजस्थानको जितमा अजिन्का रहाणेले ३९,लियाम लिविङ्स्टनले ४४ तथा सञ्जु स्यामसनले सर्वाधिक नटआउट ४८ रनको योगदान दिए। कप्तान स्टेभेन स्मिथले २२ रन जोडेका थिए।

हैदरावादका खलिल अहमेद, शाकिब अल हसन र राशिद खानले एक एक विकेट लिए  ।

सामान्य लक्ष्य पछ्याउने क्रममा घरेलु टोलीका लागि ओपनरद्वय अजिंक्य रहाणे र लियाम लिविङस्टनले पहिलो विकेटका लागि ७८ रनको साझेदारी गरेका थिए।

हैदारावादको दोस्रो विकेट थप १५ रन जोड्दा गुमेको थियो। शाकिब हसनको बलमा डेविड वार्नरले रहाणेलाई क्याच आउट गराएका हुन्। ३४ बल खेल्ने क्रममा रहाणेले चार चौका र १ छक्का प्रहार गरेका थिए।

यसअघि टस जितेर पहिले सनराइज हैदारावादलाई पहिले ब्याटिङको निम्तो दिएको राजस्थानले कसिलो बलिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रनमा समेट्यो।

हैदराबादका लागि कप्तान केन विलियम्सनले १३ रन बनाउँदा डेविड वार्नरल ३७ तथा मनिष पाण्डेले अर्धसतकीय पारी खेल्दै ६१ रन जोडेका थिए।

वार्नर र पांडेले दोस्रो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए। ओशाने थोमसले वार्नरलाई आउट गर्दै यो साझेदारी तोडेका थिए।

विजय शंकरले आठ रन बनाउँदा दीपक हुँडा शून्य,रिद्धिमान साह ५, शाकिब अल हसन ९रनमा आउट भए।

भुवनेश्वर कुमारले१ रन बनाउँदा राशिद खानले ८ बलमा १७ रन जोडे।

राजस्थानका लागि वरूण एरोन, जयदेव उनादकट, श्रेयस गोपाल, ओशाने थोमसले समान २-२ विकेट लिए।

राजस्थानको घरेलु मैदानमा भएको अन्तिम खेलमा सानदार जित निकाल्दै आफूलाई प्ले अफका लागि दाबेदारी प्रस्तुत गरेको छ।

राजस्थानले घरेलु मैदानमा खेलेका ७ खेलमध्ये तीन खेलमा जित हात पारेको छ। चार खेलमा हार व्यहोरेको छ।

जितपछि राजस्थान १२ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । चौंथो स्थानको हैदरावादले ११ खेलबाट १० अंक जोडेको छ ।

यता राजस्थानको आजको जितले शीर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्सलाई फाइदा भएको छ। राजस्थानको यो जितले चेन्नईलाई प्लेअफमा पुग्ने पहिलो टोली बनाएको छ।

राजस्थानले हैदरावादलाई पराजित गरेसंगै चेन्नई प्ले अफमा पुग्न सफल भएको छ । शीर्ष स्थानको चेन्नईले १२ खेलबाट १६ अंक जोडेको छ । योसंगै चेन्नई जारी आईपीएलको प्ले अफमा पुग्ने पहिलो टोली भएको छ ।

 

प्रकाशित मिति: : 2019-04-28 00:35:23

प्रतिकृया दिनुहोस्