विश्वकप खेल्ने वेष्टइन्डिज टोली घोषणाः गेल-रसेललाई मौका, पोलार्ड-नरेन र ब्राबो अटाएनन्

तस्बिरः एजेन्सी

आगामी महिना इंग्ल्याण्ड र वेल्समा हुने आईसीसी एक दिवसीय विश्वकपका लागि वेष्टइन्डिजले टोली घोषणा गरेको छ।

जासन होल्डरको कप्तानीमा घोषित १५ सदस्यीय टोलीमा भारतमा जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका आन्द्रे रसेललाईसमेत मौका दिइएको छ।

कीरन पोलार्डसँगै यसपटक सुनिल नारीने, ड्वेन ब्राबो र मार्लोन स्यामुअल्स विश्वकप खेल्ने टोलीमा अटाएनन्।

विश्वकपका लागि टोली छनोट गर्ने अन्तिम देश वेस्टइण्डीजले रोबर्ट हेन्सको अध्यक्षतामा बनेको एउटा छनोट समितिले बुधबार राति टीमको टुंगो लगाएको हो।

विश्वकपमा सहभागी १० देशमध्ये ९ ले यसअघिनै आफ्नो टोली घोषणा गरिसकेका थिए।

छनोट समितिका अध्यक्ष हेन्सका अनुसार टीम छनोटका लागि केही खेलाडीबीच कडा प्रतिश्पर्धा भएको थियो।

‘यसपाली बडा मुस्किलले टोली छान्यौ, तर पनि हाम्रो टिम फिट हुनुका साथै खेलाडीहरूफर्ममा रहेकालाई ध्यान दिएका छौ,’ उनले भने।

छनोट समितिले आईपीएलमा पञ्जाबबाट बिस्फोटक ब्याटिङ गरिरहेका क्रिश गेललाईओपनिङको जिम्मेवारी दिएको छ। विकेटकीपरको भूमिकामा निकोलस पूरनलाई राखिएको छ।

अलराउण्डरतर्फ आन्द्रे रसेल र कार्लोस ब्रैथवेट छन्। यी दुई पनि आईपीएलमा कोलकाताबाट खेलिरहेका छन्।

वेस्टइण्डीज विश्वकप जितने पहिलो टोलीसमेत हो। उसले सन् १९७५ र १९७९ मा लगातार दुई पटक विश्वकपको उपाधि जितेको थियो। यस्तै सन् १९८३ मा फाइनल खेलेको वेष्टइन्डिज भारतसँग पराजित भएको थियो।

यसपछि वेस्टइण्डीजले विश्वकपको फाइनल खेल्न पाएको छैन।

वेस्टइण्डीजको टिम

जासन होल्डर (कप्तान), क्रिश गेल, इभान लुईस, शिम्रोन हिटमायर, साई होप, निकोलस पुरन, फबियान एलन, ड्रयन ब्राभो, आन्द्रे रसेल, कार्लोस ब्रैथवैट, शेल्डोन कोट्रेल, शानोन गाब्रियल, एशले नर्स, किमार रोच, ओशाने थोमस।

प्रकाशित मिति: : 2019-04-25 01:29:49

प्रतिकृया दिनुहोस्