तेस्रो दिन गौरिकालाई थप ४ स्वर्ण, सय मिटर बट्टरफ्लाईमा राष्ट्रिय कीर्तिमान

तस्वीर बीएल

नेपालगञ्ज— नेपालकी स्टार पौडीबाज गौरिका सिंहले आठौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत मंगलबार तेस्रो दिन थप ४ वटा स्वर्ण जितेकी छिन्। अघिल्लो दुई दिन ४ स्वर्ण जितेकी उनले हालसम्म कूल ८ वटा स्वर्ण जितिसकेकी छिन्।
गौरिकाले एक सय मिटर बट्टरफ्लाईमा आफ्नो पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गरिन्। उनले २०१८ मा बनाएको १ मिनेट ०८ दशमलव ६३ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै १ मिनेट ०७ दशमलव ९७ सेकेन्डमा दुरी पुरा गरिन्।
गौरिकाले २ सय मिटर ब्याकस्ट्रोक २ मिनेट ४१ दशमलव २५ सेकेन्डमा पुरा गर्दै अर्को स्वर्ण जितेकी थिइन्। उनले २ सय मिटर फ्रिस्टायल पनि २ मिनेट ०९ दशमलव १९ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितिन्।
महिलातर्फ ४ दशमलव सय गुणा इन्डिभिजुअल मिड्लेमा नेपाल आर्मीका आफ्ना सहपाठी डुवाना लामा, सोफिया गुरुङ र उपस्ती महर्जनसँग मिलेर अर्को स्वर्ण जितेकी थिइन्।

प्रकाशित मिति: : 2019-04-23 20:57:22

प्रतिकृया दिनुहोस्