च्याम्पियन्स लिग सेमीफाइनल समीकरण पूरा: बार्सा र लिभरपुल, टोटनह्याम र अजाक्स आम्नेसाम्ने

यस वर्षको च्याम्पियन्स लिगको सेमिफाइनलमा स्पेनिस क्लब बार्सिलोना र इङ्लिस क्लब लिभरपुल तथा डच क्लब अजाक्स र इङ्लिस क्लब टोटनह्याम  आम्नेसाम्ने हुने भएका छन्।

 बुधबार भएका क्वाटरफाइनमा दुई इङ्लिस क्लब टोटनह्याम र लिभरपुल विजयी भएर सेमिफाइनलमा प्रवेश गरेपछि यो वर्षको च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा भएको हो।

 खेल तालिकाअनुसार सेमिफाइनल खेलको पहिलो लेग अप्रिल ३० मा र दोस्रो लेग मे ७ मा हुनेछ।

 यसअघि नै स्पेनिस क्लब बार्सिलोना र डच क्लब अजाक्स अन्तिम चारमा पुगिसकेका थिए। बार्सिलोनाले म्यान्चेष्टर युनाइटेडलाई पाखा लगाउँदा अजाक्सले डिफेन्डिङ च्याम्पियन रियल मड्रिडलाई अन्तिम आठबाटै घर पठाइ दिएको थियो।

 बुधबार भएको क्वाटरफाइनलमा इङ्लिस क्लब लिभरपुलले पोर्तोलाई ४-१ ले पराजित गर्दै समग्रमा ६-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।दुबै इङ्लिस क्लब आम्नेसाम्ने भएको अर्को क्वाटरफाइनलमा म्यान्चेष्टर सिटी ४-३ ले विजयी भएको थियो।पहिलो लेगमा १-० ले बिजयी टोटनह्याम औसत ४-४ को स्थितिमा रहेर अन्तिम चारमा पुग्यो। 

प्रकाशित मिति: : 2019-04-18 05:45:21

प्रतिकृया दिनुहोस्