रियल फेरि बराबरीमा रोकियो, उपाधि यात्रा कमजोर

तस्बिरः एजेन्सी

स्पेनिस महारथी रियल म्याड्रिड गएराति लेगानेसँग बराबरीमा रोकिएको छ।

स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल म्याड्रिड लेगानेससँग १–१ को बराबरीमा रोकिएको हो।

खेलभर रियलले लेगानेसलाई दवावमा राखे पनि गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो। पहिलो हाफको अन्तिम समयमा जोनाथन क्रिस्टियन सिल्भाले गोल गरेपछि रियल खेलमा पछि परेको थियो।

तर, ५१ औं मिनेटमा रियलका करिम बेन्जिमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि पनि रियालले बलमा पकड राखे पनि थप गोल गर्न असमर्थ बन्यो।

बराबरीसँगै रियलको ला लिगा उपाधि यात्रा निकै कमजोर बनेको छ। ला लिगामा ६ चरणको खेल बाँकी रहँदा रियाल शीर्षस्थानको बार्सिलोनाभन्दा १३ अंकले तथा दोस्रो स्थानको एट्लेटिको म्याड्रिडभन्दा ४ अंकले पछि छ। यता लेगानेस ४१ अंक जोडेर ११औं स्थानमा छ।

प्रकाशित मिति: : 2019-04-16 08:30:56

प्रतिकृया दिनुहोस्