‘अस्पताल र चिकित्सकको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालय प्रतिबद्ध’

तस्बिरः बिएल

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले स्वास्थ्य सेवा प्रदायक संस्था र स्वास्थ्यकर्मीको सुरक्षाका लागि मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिए। गृह मन्त्रालयसँगको समन्वय र सहकार्यमा मन्त्रालयले अस्पताल, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान गएको उनले बताए।

डक्टर्स सोसाइटी अफ नेपालको प्रतिनिधिमण्डलले अस्पताल तथा स्वास्थ्य संस्थामा असुरक्षा बढेको जनाउँदै  राज्यमन्त्री डा यादवलाई एप्रोनसमेत बुझाएका थिए।

अस्पतालमा बिरामीको उपचारमा सक्रिय रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र दुव्र्यवहारका घटना बढेका भन्दै सुरक्षाको माग राख्दै मन्त्रालयको ध्यानाकर्षण गराइएको सोसाइटीका  महासचिव डा तोसीमा कार्कीले जानकारी दिए।

पछिल्लो समय नेपाल चिकित्सक सङ्घले सङ्घका आजीवन सदस्य प्राध्यापक चिकित्सक भोलाराज जोशीमाथि उपचारको विषयलाई लिएर चावहिलस्थित ओम अस्पतालमा दुर्व्र्यवहार तथा मानमर्दन भएको थियो ।

प्रकाशित मिति: : 2019-10-02 09:30:18

प्रतिकृया दिनुहोस्