छानबिन समितिको निष्कर्षः अदालतको आडमा कब्जा गर्छन् भूमाफियाले सरकारी जग्गा

फाइल तस्बिर: बिएल

बालुवाटार जग्गा प्रकरण बाहिरिएसँगै यसको चर्चा धेरै कोणबाट भयो। सरकारको नाममा रहेको ११३ रोपनी जग्गा भूमाफियाले व्यक्तिको नाममा गर्ने प्रक्रियामा सरकारी निकायसँगै न्याय दिने निकाय अदालत पनि मुछियो। सर्वोच्च अदालत र जिल्ला अदालतले नै भूमाफियालाई साथ दिने गरि फैसला गरेको तथ्य पनि सार्वजनिक भयो। सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले सरकारी जग्गा व्यक्तिको हुने फैसला गरेपछि त्यसैको आडमा मालपोत, नापी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत भूमाफियाले सेटिङ मिलाए। 

बालुवाटार मात्र एक उदाहारण हो। काठमाडौ उपत्यकामा सार्वजनिक जग्गाहरु हाँडीगाउँ, गोंगबु क्षेत्र र अन्य क्षेत्रका सार्वजनिक जग्गा पनि अदालतको आदेश र फैसलाको आडमा निजी बनाएका घटना सार्वजनिक भईरहेका छन्। 

यी घटना सार्वजनिक भएपछि सरकारले गठन गरेको सरकारी,सार्वजनिक र गुठी जग्गासम्बन्धी जाँचबुझ आयोगले पनि अदालतकै आडमा सरकारी जग्गा व्यक्तिको बनाउने कार्य भूमाफियाहरुले गरेको निष्कर्ष निकालेको छ। 

प्रकाशित मिति: : 2019-12-07 10:38:35

प्रतिकृया दिनुहोस्