जनयुद्धमा बन्दुक बोकेर हिँडेकी अनुपमाको स्वर्ण सफलता, अब लक्ष्य : ओलम्पिक

काठमाडौं : १३ ‌औं दक्षिण एसियाली खेलकुद (साग)मा कराँतेमा नेपालले राम्रो प्रदशर्न गरिरहेको छ। दोस्रो र तेस्रो दिन कराँतेमा अपेक्षा गरिएभन्दा धेरै स्वर्ण जित्दै नेपाल सागमा अब्बल बनिरहेको छ।

त्यही अब्बलतासँगै खेलाडीहरुलाई 'प्रेसर' पनि उत्तिकै थपिएको छ। किनकि सबैको नजर स्वर्णमै छ।

आज भएको कराँतेको कुमुटे फाइटमा अनुपमा मगर पनि त्यस्तैखाले प्रेसरमा रहिन्। स्वर्ण चुम्ने इच्छाका साथ रिङमा उत्रिँदा उनको सामुन्नेमा थिइन् पाकिस्तानी खेलाडी नार्गिस।

तर, फाइनलका लागि मैदानमा उत्रिँदा उनीलाई आफ्नो अनुभवले साथ दिइरहेको थियो। बंगलादेशमा भएको साउथ एसियन च्याम्पियनसीपमा उनी श्रीलंकाली खेलाडीसँग पराजित भएकी थिइन्। तर, सागसम्म आइपुग्दा उनले सेमिफाइनलमा श्रीलंकाकी बिजेकुन मोहम्मदलाई पराजित गरिन् र फाइनलमा पुगिन्।

प्रकाशित मिति: : 2019-12-04 18:00:22

प्रतिकृया दिनुहोस्