जम्मू–कश्मीरमा आगामी २४ अक्टोबरमा चुनाव गरिने

तस्बिरः एजेन्सी

जम्मू–कश्मीरमा आगामी २४ अक्टोबरमा पहिलोपटक चुनाव गरिने भएको छ ।संविधानबाट अनुच्छेद ३७० हटाएपछि पहिलो पटक चुनाव हुन लागेको हो ।

यसअघि जम्मू– कश्मीरमा यसअघि सन् २०१८ को नोभेम्बरमा जम्मू कश्मीरको पञ्चायतको चुनाव गराइएको थियो । जम्मू–कश्मीरका मुख्य चुनाव अधिकारी शैलेन्द्रकुमारले ब्लक डेभलप्मेन्ट काउन्सिलका लागि आगामी अक्टोबर २४ मा गराइने बताए ।

यो चुनावको पहिलो चरणमा २६,६२९ पञ्च र सरपञ्च ब्लक डेभलप्मेन्ट काउन्सिलको अध्यक्षको चुनाव गरिने बताइएको छ । यस दिन प्रदेशको २२ जिल्लामा जिल्ला विकास बोर्डका लागि पनि अध्यक्ष चुनिने छन् ।

 

 

 

 

प्रकाशित मिति: : 2019-09-30 11:54:21

प्रतिकृया दिनुहोस्