८३ वर्षमा कहाँ पुग्यो नेपालको उद्योग ?

Photo Credit :Onlinekhabar.com

सरकारले आज विविध कार्यक्रम गरी पाँचौँ उद्योग दिवस मनाउँदै छ । १९९२ मंसिर ९ गते नेपालमा पहिलोपटक उद्योग परिषद स्थापना भएको दिनलाई स्मरण गर्दै २०७२ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

२०७१ साल चैत २० गते मन्त्रिपरिषद बैठकले मंसिर ९ गतेलाई उद्योग दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । ‘उद्योग र पूर्वाधार समृद्धिको आधार’ भन्ने नाराका साथ सरकारले यो वर्षको उद्योग दिवस मनाउँदै छ ।

 नेपालमा कति छन् उद्योग ?

उद्योग विभागको विवरणअनुसार आर्थिक वर्ष ०७५/७६ सम्म ठूला, मझौला र साना गरेर विभागमा ८ हजार ९५ वटा उद्योगहरु दर्ता भएका छन् । यी उद्योगहरुमा २० खर्ब ३७ अर्ब हाराहारी कुल पूँजी परिचालन भएको विभागको तथ्यांकले देखाउँछ ।

प्रकाशित मिति: : 2019-11-25 10:58:09

प्रतिकृया दिनुहोस्