रातो पासपोर्ट दुरुपयोगको मुद्दा सधैं स्थगित, ३ वर्षदेखि सर्वोच्चमा पेसी चढ्दै थन्कँदै

तस्बिरः नेपाल लाइभ

काठमाडौ– प्रतिनिधि सभाको सभासद भएको हैसियतमा प्राप्त भएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोगको मुद्दा सर्वोच्च अदालतमा ३ वर्षदेखि एकपछि अर्को इजलासमा पेसी चढ्दै थन्कँदै आएको छ। 

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ जेठ ९ गते सर्वोच्चमा पुनरावेदन गरेको थियो। विशेष अदालतले  पूर्वसांसदहरु शिवपुजन राय, विश्वनाथप्रसाद यादव र गायत्री साहलाई दोषी ठहर गरेको थियो भने अन्यलाई सफाइ दिएको थियो। 

विशेषको उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै अख्तियारले वर्तमान सांसद नारदमुनी रानासमेत सबै विरुद्ध अभियोग पुष्टि हुनुपर्ने दाबी गर्दै पुनरावेदन गरेको थियो। उनीहरुलाई विशेषले कूटनीतिक राहदानी दुरुपयोग गरेको ठहर गरी जनही तीन महिना कैद  र १५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो।

प्रकाशित मिति: : 2019-11-20 07:16:28

प्रतिकृया दिनुहोस्