पद गुमाउने प्रदेश मन्त्रीहरू : नक्कली बैंक ग्यारेन्टी बनाउनेदेखि युवतीलाई 'अश्लील म्यासेज' पठाउनेसम्म

काठमाडौं- संघीय प्रणाली सुरु भएपछि गठन भएको प्रदेश सरकारका मन्त्रीहरू एकपछि अर्को विवादमा फसेर पद गुमाउन थालेका छन्।

२०७४ मंसिर १० र २१ मा गरी २ चरणमा सम्पन्न प्रदेशसभाको निर्वाचनपछि पदमा पुगेका मन्त्रीहरू कीर्तेदेखि यौन विचलनको आरोपसम्ममा पद गुमाउन बाध्य भए।

प्रदेश सरकार गठन भएको २१ महिनामा विभिन्न प्रदेशका चार मन्त्रीहरूले पद गुमाइसकेका छन्।

१. विद्यालयको पौने १६ करोडको सेयर कीर्ते
आइतबार मात्रै सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्।

पदबाट राजीनामा दिए पनि उनी अझै प्रहरीको नजरमा फरार नै छन्। जिल्ला अदालत कञ्चनपुरमा उनीसहित ३६ जना विरुद्ध विद्यालयको जग्गा कीर्ते गरी बिक्री गरेको अभियोगमा मुद्दा दायर भएपछि मात्र यो प्रकरण बाहिर आएको हो।

प्रकाशित मिति: : 2019-11-11 09:31:35

प्रतिकृया दिनुहोस्