महावीर यात्रा : गोठालोदेखि आविष्कार केन्द्रसम्म

आविष्कारक महावीर पुन

देश विकास गर्न केही नयाँ काम गर्नुपर्छ। समाजसेवाले मात्रै देश बन्दैन। देशका लागि मैले केही न केही गर्नुपर्छ। देश विकास तथा सम्वृद्धिमा मेरो योगदान के रहन्छ। मैले कसरी सहयोग गर्न सक्छु। यस्तै–यस्तै कुरा खेलिरहन्थे आविष्कारक महावीर पुनको दिमागमा।

केही नयाँ गर्ने सुरमा भौंतारिरहन्थे। देशका लागि केही गर्ने दृढ प्रतिज्ञा गरे। फलस्वरूप सन् २०१२ मा आएर उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने निधो गरे।

केन्द्र स्थापनासँगै नाम पनि जुर्यो।

केन्द्र स्थापना गर्न बजेट आवश्यक थियो। उनले केन्द्र स्थापनामा सहयोग गर्न सरकारसँग अनुरोध गरे, साथ मागे।

तर, सरकारले सधैं आश देखाइरह्यो सहयोग भने गरेन।

प्रकाशित मिति: : 2019-11-07 07:33:40

प्रतिकृया दिनुहोस्