र्‍याकबाटै राजेश हमालको प्रिय पुस्तक हराएपछि...

तस्बिरः नेपाललाइभ

राजेश हमाल अभिनयको मात्रै होइन, पुस्तकका पनि उत्तिकै सौखिन हुन्। उनका घरका र्‍याक किताबैकिताबले भरिएका छन्। उनी जहाँ पुगेका हुन्, झोलामा पुस्तक कहिल्यै छुट्दैन। फुर्सद हुनासाथ उनी पुस्तक पढ्न रुचाउँछन्। ‘ठ्याक्कै कुन बेला पढ्छु भन्ने छैन। मेरो ब्यागमा दुई/तीनटा पुस्तक भएकै हुन्छन्। फुर्सद भयो कि निकालेर पढिहाल्छु,’ उनी सुनाउँछन्। 

 उनी जीवन दर्शनका पुस्तक खोजीखोजी पढ्छन्। उनका नयन बढीजसो जीवन जीउन सिकाउने पुस्तकमा अडिन्छन्। मान्छेका आत्मकथा पनि उस्तै रुचिपूर्वक पढ्छन्।

प्रकाशित मिति: : 2019-11-06 07:23:50

प्रतिकृया दिनुहोस्