नास्ट सेवा आयोग लथालिंग : बाह्र वर्षमा पनि भएन कर्मचारीको बढुवा

तस्बिरः नेपाल समाचार पत्र

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सेवा आयोगको कामकारबाही लथालिंग भएको छ। आयोग अध्यक्षको कार्यशैलीविरुद्ध कर्मचारी आन्दोलनमा उत्रिएपछि आयोगको सम्पूर्ण कामकारबाही ठप्प भएको हो।नयाँ कर्मचारी नियुक्ति, पुरानाको बढुवा, अस्थायी र करारमा कार्यरत कर्मचारीको वृत्ति विकास प्रभावित भएको छ। आयोग अध्यक्ष डा. चिरञ्जीवी रेग्मीले पाउनुभएको जिम्मेवारी र क्षेत्राधिकारअनुसार कुनै कामकारबाही हुन नसकेपछि आन्दोलनमा उत्रनुको विकल्प नभएको नास्ट वैज्ञानिक/कर्मचारीले बताए।

सबै कर्मचारीको वित्तृविकास ठप्प भएको बताउँदै नास्टका एक वरिष्ठ अधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘बाह्र वर्ष भइसक्यो कुनै कर्मचारीको बढुवा भएको छैन, नयाँ र करार कर्मचारीको नियुक्ति प्रक्रिया पनि आयोगका कारण रोकिएको छ।’

 

प्रकाशित मिति: : 2019-11-06 07:09:19

प्रतिकृया दिनुहोस्