औषधी पसलहरुको अनुगमनमा थप कडाई गर्ने राज्यमन्त्रीको उद्घोष

फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले औषधी पसलहरुको अनुगमनको काममा कडाई गर्ने बताएका छन् । मन्त्री यादवले चिकित्सकहरुको प्रेस क्रिप्सनविनानै औषधि बिक्री वितरणको काममा भइरहेको उल्लेख गर्दै औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्न लागिएको बताए ।

‘वल्ड फर्मासिष्ट डे’ को अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले औषधी पसलहरुको अनुगमनको काम संघीय सरकार आफैंले गर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै सो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए ।

औषधि पसलहरुको अनुगमन तथा त्यसका सामग्रीहरुको व्यवस्थापनका लागि सरकारले छुट्टै महाशाखा स्थापना गर्ने तयारी गरिरहेको पनि उनले बताए।

प्रकाशित मिति: : 2019-09-25 14:53:45

प्रतिकृया दिनुहोस्