अटेरी हुँदै छन् हात्ती

तस्बिरः अन्नपूर्ण

इटहरी : शनिबार राति कोसीटप्पुवन्यजन्तुआरक्षबाट एउटा मत्ता बाहिर निस्कियो। थाहा पाएपछि आरक्ष प्रशासन ट्र्याक्टर लिएर हात्तीलाई फर्काउन गयो। सामान्यतया ट्र्याक्टरको आवाज सुनेर, आकार र लाइट देखेर हात्ती डराउँछ र भाग्छ। तर शनिबार निस्किएको हात्ती सजिलै भाग्नेवाला थिएन। किनकी उसमा सहवासको उन्माद तीव्र थियो।

‘रोक्न खोज्दाखोज्दै पनि मद्ले चूर भएर तारबार नाघेर धानबालीमा पस्यो,’ आरक्षका वार्डेन रामदेव चौधरीले भने, ‘ट्र्याक्टरलाईसमेत नटेरी उफ्रियो।’ धेरैबेर लगाएर जसोतसो नियन्त्रणमा लिएर आरक्षको हात्तीसारमा लगेर बाँधियो। अनि त्यहाँ रहेको ढोईसँग समागम गर्न दिइयो। ‘त्यसपछि मात्र बल्ल मत्ता शान्त भयो,’ उनले बताए।

प्रकाशित मिति: : 2019-10-01 06:56:06

प्रतिकृया दिनुहोस्