न्याय दिन सरकारी वकिलको भूमिकालाई प्रभावकारी बनाऊ: आयोग

फाइल तस्बिर

राष्ट्रिय मानव अधिकार आयोगले पीडितलाई न्याय दिन सरकारी वकिलको भूमिकालाई प्रभावकारी बनाउन सरकारलाई सचेत गराएको छ । राष्ट्रिय मानव अधिकार आयोगले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आयोगकी प्रवक्ता मोहना अन्सारीले पीडितलाई न्याय दिन मानव अधिकारको दृष्टिकोणले अनुसन्धानको सम्पूर्ण प्रक्रियामा आर्थिक बोझ पर्न नदिन पनि सरकारलाई सुझाव दिइएको बताए ।


आयोगकी प्रवक्ता अन्सारीले न्याय पाउने नागरिकको हकलाई सुनिश्चित गर्न वैज्ञानिक तरिकाले अनुसन्धानमा संलग्न हुन प्रहरीलाई पनि सचेत गराइएको बताए ।

आयोगले आर्थिक अभावका कारण पनि पीडितले न्याय पाउन नसकेको निष्कर्ष निकालेपछि सरकारलाई न्याय पाउने नागरिकको हकलाई सुनिश्चित गर्न आर्थिक अभावमा रहेका नागरिकलाई निःशुल्क न्याय पाउने प्रबन्ध गर्न पनि भनेको हो ।

प्रकाशित मिति: : 2019-09-23 20:33:35

प्रतिकृया दिनुहोस्