आइएनजिओको कार्यक्रममा भाग लिन ऊर्जामन्त्री जापान जादैं

फाइल तस्बिर

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन  जापान भ्रमणमा जाने भएका छन् । जापानी विकास नियोग (जाइका) को निमन्त्रणामा मन्त्री पुन सोमबार साँझ चार दिने जापान भ्रमणमा जान लागेका हुन् ।

जापान भ्रमणको क्रममा मन्त्री पुनले जापानको लिवरल डमोक्रेटिक पार्टीका महासचिव निकाई टोसिहिरो, जाइकाका उपाध्यक्ष हिरोसी कातो, जापानको कृषी तथा वन मामिलासम्बन्धी मन्त्री इटो योशिताका, जापानको परराष्ट्रमन्त्रालयका उच्च अधिकारीका साथै नेपाल-जापान पार्लियामेन्टिरियनस फ्रेण्डसिप लिगका अध्यक्षसहतिका पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

कार्यक्रममा फुजी र कान्साईलगायतका विश्वप्रख्यात कम्पनीको समेत सहभागिता रहनेछ । त्यसका साथै जापानमा बसोवास गरिरहेका नेपाली समुदायसँग समेत समृद्ध नेपाल निर्माणमा उर्जाको महत्व र प्रवासी नेपालीको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले जाइकाका उपाध्यक्षसंगको भेटमा जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंङगाड जलविद्युत परियोजनालाई अन्तिम टुंगो लगाउने विषयमा समेत छलफल गर्नेछन् । नेकपाका नेता समेत रहेका मन्त्री पुनको भ्रमण उक्त परियोजनालाई अघि बढाउने विषयमा केन्द्रित हुनेछ ।

 

प्रकाशित मिति: : 2019-09-23 17:17:26

प्रतिकृया दिनुहोस्