यौन, पद र प्रतिष्ठाले मानिसलाई मानसिक रोगी बनाउछ: सभामुख श्रेष्ठ

फाइल तस्बिर

प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठले यो प्रदेशलाई मानसिक रोगमुक्त प्रदेश बनाउन पहल गरिने बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश नं. ३ कार्यालय, सानेपाद्वारा आज हेटौँडामा आयोजित ‘मानसिक स्वास्थ्यको वर्तमान अवस्था’ विषयक अन्तरक्रियामा उनले यौन, धन, पद, प्रतिष्ठा र महत्वाकाङ्क्षा आदिको वास्तविकता नबुझेर तथा परिस्थितिजन्य कारणले मानिस मानसिक रोगी हुने गरेको बताए ।

सभामुख श्रेष्ठले मानसिक रुपमा स्वस्थ हुन आनीबानी परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै यो प्रदेशलाई देशकै उत्कृष्ट प्रदेश बनाउने सरकारको अभियानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले वृद्धाश्रम, बालआश्रम तथा अनाथाश्रमको सङ्ख्या घटाउनुपर्ने बताउँदै केही जिल्ला समेटेर एउटा मात्र आश्रम स्थापना गरी आर्थिक, सामाजिक र मानसिक व्यवस्थापनमा सहयोग पु¥याउनुपर्ने बताए।

उनले विकास प्रक्रिया बढ्दै जाँदा मानसिक समस्यामा पनि वृद्धि हुँदै जाने भन्दै नेपालमा अन्य देशको तुलनामा मानसिक रोगको अस्पताल ओझेलमा परेको बताए ।

सामाजिक विकासमन्त्री युवराज दुलालले मानसिक सन्तुलन गुमाएका व्यक्तिको व्यवस्थापन सरकारले गर्नुपर्ने बताउँदै सबै किसिमका उपचार हुने एकीकृत स्वास्थ्य सेवा क्लिनिक शुरु गर्ने योजनामा प्रदेश सरकार रहेको जानकारी दिए।

प्रकाशित मिति: : 2019-09-23 16:51:43

प्रतिकृया दिनुहोस्