गण्डकीमा विश्वविद्यालय स्थापनाको बाटो खुल्यो

तस्बिरः बाह्रखरी

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद गण्डकी प्रदेशसभाले ‘गण्डकी विश्वविद्यालय स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक’ बहुमतले पारित भएको छ । यो त्यही विधेयक हो, जसले विश्वविद्यालयको सर्वोच्च निकायका रुपमा रहने ‘न्यासिक परिषद’मा 'पिआर होल्डर'लाई समेत राख्न मिल्ने व्यवस्था गरिएको छ।

यो व्यवस्था पनि संशोधन गरिएको हो । संशोधनपूर्व सरकारले न्यासिक परिषदमा विदेशीलाई समेत राख्न पाउने व्यवस्था गरेको थियो । तर, कांग्रेसको संशोधनपश्चात उक्त व्यवस्था परिमार्जन गरिएको छ ।

प्रकाशित मिति: : 2019-09-25 18:57:25

प्रतिकृया दिनुहोस्