बलात्कार प्रयासपछि दिल्लीमा नेपाली बालिकाको हत्या : कहाँ पुग्यो केस? [फलोअप]

तस्बिरः नेपाललाइभ

नयाँ दिल्ली-  बाजुरा स्थायी ठेगाना भएकी ९ वर्षीया बालिका लक्ष्मी चँदाराको बलात्कार प्रयासपछि नयाँ दिल्लीमा हत्या भएको दुई महिना पुग्नै लाग्यो। तर, अदालतमा चलिरहेको मुद्दाले निष्कर्ष पाउन सकेको छैन। घटना भएको दिनको सिसिटिभी फुटेज हेरेपछि इन्टेलिजेन्स ब्युरो (आइबी) का रजनिकान्त कुमारको टोलीले ‘सनु’ भनेर चिनिने भारतीय नागरिक बसिम अहमदलाई पक्राउ गरेको थियो। अहिले उनी थुनामा छन्। ९० दिनसम्म थुनामा राख्न पाउने नियम अनुसार उनी पक्राउ परे पनि डिएनए परीक्षण गर्न भने बाँकी नै छ।  

बलात्कार प्रयासपछि मुस्लिम नागरिक बसिमले हत्या गरेको मुद्दा अहिले अदालतमा चलिरहेको छ। गत साउन २२ गते उनले अदालतमा ‘मलाई अपराधीबाट मुक्त गरिपाऊँ’ भनेर निवेदन दिएका छन्। बसिमको तर्फबाट आफन्तहरु यो केस लडिरहेका छन् भने पीडित पक्षको तर्फको पक्षबाट भारतीय सरकारी वकिल संगीता रानाले यो केस हेर्दैछिन्। बसिमले पैसाको चलखेल गरेर थुनामुक्त हुने प्रपञ्च रचिरहे पनि डिएनए टेस्टपछि मात्र वास्तविक फैसला हुने वकिलहरु बताउँछन्।

प्रकाशित मिति: : 2019-09-13 07:33:22

प्रतिकृया दिनुहोस्