सिक्किममा मनाइन्छ काठमाडौंको जात्रा, सरकारले पनि दिन्छ विदा

सिक्किममा इन्द्रजात्रा मनाइँदै। तस्बिरः सिक्किम नेवार गुठी युथ अफेयर्स

बसन्तपुर, हनुमानढोकामा यःसिं (लिंगो) ठड्याएसँगै काठमाडौं येँया पुन्ही, अर्थात् इन्द्रजात्रामय भएको छ। मंगलबारबाट सुरू आठ दिन लामो जात्रामा पुलुकिसी, लाखे, सभा भकु, कुमारी रथ यात्रा लगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि हुन्छन्।

काठमाडौंको यो सबभन्दा ठूलो उत्सव संसारका विभिन्न ठाउँमा बस्ने नेपालीहरूले मनाउने क्रम बढेको छ। गत वर्ष केही अमेरिकावासी नेपालीले पुलुकिसी र कुमारी डुलाउँदै इन्द्रजात्रा मनाएका थिए। भारतको सिक्किम, गान्तोकमा मनाउन थालेको भने पाँच वर्ष बढी भइसक्यो।

सन् २०१३ देखि ‘सिक्किम नेवाः गुठी’ मार्फत् जात्रा सञ्चालन हुँदै आएको गुठीका कार्यकारी सदस्य सुशेन प्रधानले सेतोपाटीलाई जानकारी दिए।

सिक्किम सुगौली सन्धिअघि नेपालसँगै गाभिएको थियो। नेपालका धेरै संस्कार, रितिरिवाज र पर्वहरू अझै पनि सिक्किममा जीवित छन्। त्यहाँ नेवार, गुरुङ, मगर लगायत जातजातिको बसोबास छ। नेवार समुदायको जनसंख्या मात्र ३२ हजार रहेको सिक्किम निर्वाचन आयोगको तथ्यांकले देखाउँछ।

प्रकाशित मिति: : 2019-09-12 08:12:21

प्रतिकृया दिनुहोस्