दशैं लगतै चिनियाँ राष्ट्रपति नेपाल आउने पक्का

चिनियाँ राष्ट्रपति सी जिन पिङ दशैं लगतै नेपाल भ्रमणमा आउने पक्का भएको छ । उनी भारत हुँदै नेपाल आउने छन् र बेइजिङ फर्कनेछन् ।सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् ।

 स्रोतका अनुसार सम्मेलनपछि सी १४ अक्टोबर अर्थात २७ असोजमा आउनेछन् र, भोलिपल्ट फर्किनेछन् ।सीको भ्रमणको पूर्वसध्यामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको टोली नेपाल आउँदैछ । स्टेट काउन्सिलमा राष्ट्रपति सी, प्रधानमन्त्री ली के क्वाङ, विदेशमन्त्री वाङ यी लगायत । सीको नेतृत्वमा रहने ६ सदस्यीय स्टेट काउन्सिलका एक प्रभावशाली सदस्य सोङ थाओ यही आइतबार नेपाल आउँदै छन् ।

स्टेट काउन्सिलमा राष्ट्रपति सी, प्रधानमन्त्री ली के क्वाङ, विदेशमन्त्री वाङ यीलगायत छन् । लीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुसँग छलफल गर्नेछ ।यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा छलफल भएको काठमाडौं केरुङ रेल मदनभण्डारी विश्वविद्यालय लगायतका विषयलाई टुंग्याउने सरकारको प्रयास छ ।

प्रकाशित मिति: : 2019-09-20 21:21:18

प्रतिकृया दिनुहोस्