एनआरएनए अध्यक्षमा कुमार पन्तद्वारा उम्मेदवारी घोषणा

एनआरएन उपाध्यक्ष कुमार पन्त I

एनआरएन अध्यक्षमा उपाध्यक्ष कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले आफू अध्यक्षमा विजयी भए संघका चालू परियोजनालाई निरन्तरता दिने, परियोजनाहरु सम्पन्न गर्ने अन्तर्राष्ट्रिय संघ संस्थासंग सहकार्य गर्ने, बृटिश भुपू गोर्खाको माग सम्बोधन गर्न पहल गर्ने विशेष कार्यसूची रहेको बताए । त्यस्तै उनले लगानीमा संघको योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दीगो संगठन र एनआरएनमा व्यापक सहभागीता गराउने समेत जानकारी दिए ।

यस्तै एनआरएन नागरिकता पाउने अधिकार कार्यनयनका लागि पहल गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको सुनिश्चितता गर्न पहल गर्ने, भिजनको एजेन्डालाई अघि बढाउने लगायत पनि उनले प्रतिबद्धता जनाए ।

उनले सबै तह र तप्काका मान्छे अटाउने खालको एनआरएनए बनाउन आफूले चाहेको बताए । तर पछिल्लो समय एनआरएनएमा राजनीति भएका कारण भएकोमा चिन्ता ब्यक्त गर्दै राजनीतिकरण हुन नदिने बताए ।

प्रकाशित मिति: : 2019-09-20 14:14:38

प्रतिकृया दिनुहोस्