बलात्कार आरोपमा भारतका पूर्वगृह राज्यमन्त्री पक्राउ

Agency

भारतमा स्कुले छात्रालाई बलात्कार गरेको घटनामा पूर्वगृह राज्यमन्त्री पक्राउ परेका छन्। भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको कार्यकालमा गृह राज्यमन्त्री भएका स्वामी चिन्मयानन्दलाई भारतीय प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

‘मेरो छोरीले मैले झै शरीर बेच्न नपरोस्’ (भिडियो सहित)

पीडित छात्राको गत सोमबार धारा १ सय ६४ अन्तर्गत बयान दर्ता गरिएको थियो। प्रहरीलाई दिएको उजुरीमा पीडित छात्राले स्वामी चिन्मयानन्दले आफूमाथि बलात्कार गरेको बयान दिएकी थिइन। प्रहरीले स्वामीलाई अब चिकित्सकीय परीक्षणपछि अदालतमा पेश गर्नेछ।

चिन्मयानन्दविरूद्ध बलात्कारको आरोप लागेपछि प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसले भारतीय जनता पार्टीमाथि आफ्नो नेतालाई जोगाउन लागेको बताएको थियो।

प्रकाशित मिति: : 2019-09-20 11:42:20

प्रतिकृया दिनुहोस्