नेकपाका पूर्वसांसद हरि दाहाल ‘बैरागी’को निधन

तस्बिरः बिएल

नेपाल कम्युनिस्ट पार्टी नेता एवम् पूर्वसांसद हरि दाहाल ‘बैरागी’को निधन भएको छ । ब्रेनह्यामरेजका कारण लामो समयदेखि उपचार गराउँदै आएका दाहालको शुक्रबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दियो।

दाहाल २०५१ मा नेकपा (एमाले) को तर्फबाट संखुवासभाबाट निर्वाचित सांसदका रुपमा संसदमा प्रवेश गरेका थिए ।

जलविद्युत क्षेत्रका अभियन्ताका रुपमा उनलाई धेरैले चिन्ने गर्छन् ।

शुक्रबार बिहान दाहालको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा १० बजेदेखि ११ बजेसम्म राखिनेछ। उनको शुक्रबार नै अन्तिम संस्कार गरिनेछ।

प्रकाशित मिति: : 2019-09-20 08:53:21

प्रतिकृया दिनुहोस्