कसैलाई रहर लाग्दैमा संविधान संशोधन हुदैन- मन्त्री बाँस्कोटा (भिडियोसहित)

तस्बिरः बिएल

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कसैलाई रहर लाग्दैमा संविधान संशोधन नहुने बताएका छन्।

मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले बताएका छन्। उनले बिहीबार सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान रहर लागेर संशोधन हुने विषय नभएको बताए।

संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा संशोधन हुने उनले बताए। सरकार विरोधी तत्वतर्फ संकेत गर्दै उनले केहीलाई संविधान पूरै मन नपरेको उल्लेख गरे। उनले संविधान परिवर्तनीय दस्तावेज भएको भन्दै राष्ट्रको जीवनमा कहीं असर पार्छ भने त्यसलाई संशोधन गर्ने जिकिर गरे। सत्तामा जान लालाहित पनि हुने र संविधान पनि नमान्ने कुरा वर्तमान सरकारका लागि ग्राह्य नहुने उनले बताए। संविधान सरकारका लागि मात्र नभइ जनताका लागि पनि भएको उनले बताए।

मन्त्रीपरिषद् बैठकले आँखाका चर्चित डाक्टर सन्दुक रुइतलाई प्रधानमन्त्री प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। बैठकले २८२ कैदीलाई माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बास्कोटाले जनाए। बैठकले दक्षिण एसियाली महिला विकास मञ्चको पाँचौं अन्तराष्ट्रिय महिला उद्यमी सम्मेलनको लागि रु. दस लाख उपलब्ध गराउने निर्णय गरिएको उनले बताए।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्न आर्थिक वर्ष २०७६/०७७ का लागि ४९ राजपत्राङ्कित अधिकृतहरुको अस्थायी दरबन्दी सृजना गर्ने निर्णय उनले बताए। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७६ स्वीकृत गरिएको छ।

तेह्रौँ दक्षिण एसियाली खेलकुद २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धि कार्य्विधि, २०७६ स्वीकृत गरिएको प्रवक्ता बास्कोटाले बताए।

प्रकाशित मिति: : 2019-09-19 18:51:16

प्रतिकृया दिनुहोस्