श्रीलंकामा विष्फोटका घटना जारी छन्। कोलम्बोको देमाटाडोडामा आठौं विस्फोट गराइएको छ।
यो विष्फोटपछि सरकारले सामाजिक सञ्जालले फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाएको छ। मुलुकभर लगाइएको कर्फ्यु पनि जारी नै छ।
विष्फोट आत्मघाती प्रकृतिको छ तर यो कसले र किन गराएको हो ? अहिलेसम्म पत्ता लाग्न सकेको छैन। विष्फोटको प्रकृति हेर्दा इस्लामिक अतिवादी संगठन आइएसले गराएजस्तो देखिन्छ। तर उसले पनि यसको जिम्मेवारी लिएको छैन।
यसैबीच श्रीलंकाका रक्षामन्त्री रुवान विजेवर्दनेले यस घटनालाई "आतंककारी घटना" भन्दै दोषी पहिचान भइसकेको बताएका छन्। उनले घटनाबारे गुप्तचर निकाय, प्रहरी र सेनाले अनुसन्धान गरिरहेको भन्दै देशमा सञ्चालित कुनै पनि अतिवादी समूहविरुद्ध कारबाही गर्ने घोषणा पनि गरेका छन्।उनले आक्रमणमा आत्मघाती विस्फोट गराइएको बताउँदै यसमा भारत र इन्डोनेसियाबाट आईएसले कब्जामा लिइएका युवालाई प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको पनि बताएका छन्।
हमलामा संलग्न भएको अभियोगमा सात जनालाई नियन्त्रणमा लिइएको छ।जसमा दुई जनालाई डेमाटोगोडा र अन्या पाँच जनलाई कोलम्बोबाट नियन्त्रणमा लिइएको हो।
यो आक्रमणपछि दक्षिण एसियामै त्रास फैलिएको छ।