शनिबार, १२ जुलाई २०२५

सरकार–विप्लव सम्बन्ध प्रतिशोधतर्फ

News Image
प्रधानमन्त्री ओली तथा नेत्र विक्रम चन्द विप्लव
• • •

चार जनाको मृत्यु हुनेगरी राजधानीमा भएका श्रृंखलावद्ध विस्फोटका घटनाले त्रासको वातावरण सिर्जना भएको छ।

आइतबार भएका विष्फोटबारे फरक–फरक कोणबाट व्याख्या, विश्लेषण हुन थालेका छन्। कतिपयले सुरक्षाकर्मीलाई पूर्ण रुपमा दोषी देखाएका छन्। विष्फोटका घटना रोक्न सुरक्षा निकाय असफल भएको विषयलाई नकार्न सकिँदैन तर त्यतिमा मात्रै यो घटनालाई हेरिनु हुन्नँ। माओवादी सशस्त्र द्वन्द्वको पृष्ठभूमि भएको विप्लव र सरकारबीचको सम्बन्ध जटिल र प्रतिशोधपूर्ण बन्दै गएको छ। यसका विभिन्न आयामहरु छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?