‘मुख थुनेर बोल्न–चिच्चाउन दिएनन्’

एक महिनाअघि नवलपरासीको सुनुवलमा २ प्रहरीद्वारा बलात्कृत भएका दुईमध्ये एक किशोरीको स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएको परिवारजन र स्वंयमले बताएकी छिन ।

गत वैशाख २ गते विहान एक किशोरी र अर्की युवतीलाई दङ्गा नियन्त्रण प्रहरी गण सुनुवलका दुई जना प्रहरीले सामूहिक बलात्कार गरेको घटना धेरै दिनपछि मात्र बाहिर आएको थियो । लगत्तै उनीहरुविरुद्व जबरजस्तीकरणीको मुद्दा दायर भयो । 

बलात्कार आरोपमा त्यस गणका प्रहरी जवानद्धयः पाटेश्वर यादव र प्रेम खड्का नवलपरासी प्रहरीद्वारा पक्राउ परि यतिबेला हिरासतमा छिन । बलात्कृत मध्येकी २७ वर्षीया (विवसता) नाम परिवर्तन सुस्त मनस्थिति भएकीले आफ्नो कुरा राख्न सकिनन् ।

१६ वर्षीया (नाम परिवर्तन) बाध्यताले भनिन्, ‘म बेला–बेलामा त्रसिन्छु । टाउको दुख्छ । रिङ्गटा लागिरहन्छ । एकदम डर लाग्छ  ।’

प्रकाशित मिति: : 2019-05-25 10:09:39

प्रतिकृया दिनुहोस्