सरकारलाई कांग्रेसको चुनौती : मिडिया काउन्सिल विधेयक पढ्नै चाहन्नौं

८ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि राज्य नियन्त्रित प्रेस बनाउन खोजेको आरोप लगाएको छ । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक स्वीकार्य नभएको भन्दै उसले सदनमा प्रवेश नै नगराउन माग गरेको छ ।

संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले संविधानको मूल्य मान्यताविपरित विधेयक आएको बताइन् ।

प्रकाशित मिति: : 2019-05-22 13:24:22

प्रतिकृया दिनुहोस्